• २०८१ बैशाख १८ मंगलबार

राप्रपाका विष्टको कोशीको सभामुखमा उम्मेदवारी दर्ता

kharibot

विराटनगर । कोशी प्रदेशको सभामुखको निर्वाचन आज हुने भएको छ । सभामुखका लागि राप्रपाका सांसद अम्बरबहादुर विष्टले उम्मेदवारी दर्ता गरेका छन् ।

कोशी प्रदेशसभाले आज कार्यसूची प्रकाशित गरी आजै दिउँसो ३ बजे सभामुखको निर्वाचनका लागि कार्यसूची र कार्यतालिका प्रकाशित गरेको थियो । कोशीको सभामुखका लागि सत्ता गठबन्धनसहित एमालेले पनि राप्रपालाई सघाउने निर्णय गरिसकेको छ ।

सबै दलको समर्थनपछि कोशीमा राप्रपाका सांसद विष्ट सर्वसम्मत सभामुख निर्वाचित हुने निश्चित देखिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै