• २०८१ बैशाख १८ मंगलबार

नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन बन्द नहुने

kharibot

काठमाडौं । मुग्लिन–नागढुंगा आयोजनाले नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन बन्द नहुने जनाएको छ । माघे संक्रान्ति पर्वलाई लक्षित गरी आइतबार र सोमबार सो सडकखण्ड खुला गरिएको आयोजनाले जनाएको छ । 

पुस ७ गतेदेखि सो सडकखण्डमा पर्ने तुइन खोलामा पुलको जग र एप्रोच सडकको कडा चट्टानी पहाड फुटाउन दिउँसोको समयमा सडक बन्द गरिँदै आएकोमा आइतबार र सोमबार दुई दिन खुला गरिएको हो । 

सो सडक खण्डमा पहाड फुटाएर पुनर्निमाणको काम गर्न भन्दै माघ २० गतेसम्म अपराहन्न १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गर्ने बताइएको छ ।

गत साल कडा चट्टान आएपछि विस्फोट गर्ने भन्दै काम रोकिएको थियो । यस वर्ष ३८ टनको ब्रेकर प्रयोग गरेर भत्काउन सुरु गरेपछि कामले गति लिए छ । आवश्यक परेको ठाउँमा चट्टानलाई चिरा पार्ने रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर काम गरिएको छ । गत साल २२ टनको ब्रेकर मात्र प्रयोग गरिएको थियो । 

गत वर्ष भत्काउने क्रममा सुरुमा १५ मिटर सहजै भत्काउन सकिएको थियो । त्यसपछिको १० मिटर भत्काउन ४५ दिन लागेको थियो । सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकै साथ ठेक्का लगाइएको थियो । 

विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । अनक कन्स्ट्रक्सनले पुलको ठेक्का पाएको थियो । यो राजमार्गलाई एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो । पुल ११ मिटर चौडा छन् । सडक विस्तार गरेसँगै नौदेखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रुपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन आवतजावत गर्छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै