• २०८१ बैशाख १७ सोमबार

हारसँगै एपीएफ फाइनलमा पुग्न असफल

kharibot

काठमाडौँ । एपीएफ क्लब पीएम कपको फाइनलमा पुग्न असफल भएको छ ।

बुधबार टियु मैदानमा सम्पन्न खेलमा कर्णाली प्रदेशसँग २१ रनले पराजित भएसँगै एपीएफ फाइनलको दौडबाट बाहिरिएको हो ।

कर्णाली प्रदेशले दिएको २०७ रनको लक्ष्य पछाएको एपीएफले ४४ ओभरमा अल आउट हुदै १८५ रन बनाएको हो ।

यसअघि कर्णालीले पहिला ब्याटिंग गर्दै ४४.१ ओभरमा २०६ रन बनाएर अल आउट भएको थियो ।

योसँगै डिफेन्डिङ च्याम्पियन एपीएफ क्लब ९ खेलमा १० अंक हासिल गर्दै अंकतालिकामा पाँचौं स्थानमा रहेको छ र फाइनलमा पुग्न असफल भएको छ । त्यस्तै यो जितसंगै कर्णालीले ९ खेलमा ८ अंकसहित सातौं स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै