• २०८१ बैशाख १७ सोमबार

पुलिस क्लबले जित्यो पीएम कपको उपाधि

kharibot

काठमाडौँ । नेपाल पुलिस क्लबले जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

त्रिभुवन आर्मी क्लबले दिएको १८२ रनको लक्ष्य पछाएको पुलिस क्लबले ३७.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

पुलिसको जितमा शंकर रानाले अविजित ६२ रन बनाएका थिए भने अर्जुन साउदले ३६, अमित श्रेष्ठले २८, आरिफ सेखले अविजित २७ रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको आर्मीले ४९.५ ओभरमा अल आउट हुदै १८१ रन बनाएको थियो ।

आर्मीका लागि बिबेक यादवले सर्बाधिक ६३ रन बनाए भने सोमपाल कामीले ३९, इमरान सेखले २८ तथा कुशल मल्लले १७ रन बनाएका थिए ।

त्यस्तै पुलिसका बलर ललित राजबंशी र दिपेन्द्र सिंह ऐरीले ३-३ विकेट लिएका थिए भने सगर ढकाल, करण केसी र कुशल भुर्तेलले एक एक विकेट लिएका थिए ।

योसँगै पुलिस क्लबले तेस्रो पटक पीएम कपको उपाधि जितेको छ । यसअघि पुलिस क्लबले २०१७ र २०१९ मा पीएम कपको उपाधि जितेको थियो । त्यस्तै यस अघि २ पटक उपाधि जितेको आर्मी तेस्रो पटक उपविजेता बनेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै