• २०८१ बैशाख १७ सोमबार

मोरिन्होको अनौठो रेकर्ड: ६ पटकको बर्खास्तीबाट कमाए सय मिलियन डलर

kharibot

काठमाडौँ । विश्व फुटबलका चर्चित प्रशिक्षक मानिने जोसे मोरिन्हो आफ्नो क्यारियरमा छैटौं पटक बर्खास्तमा परेका छन् ।

इटालियन क्लब रोमाले मोरिन्होलाई मंगलबार बर्खास्त गरेको थियो । क्लबले यस सिजनमा राम्रो प्रदर्शन गर्न नसकेपछि मोरिन्होलाई बर्खास्त गरेको थियो । अहिले रोमामा सम्झौता बढाउने चर्चा चलिरहेका बेला क्लबले मोरिन्होलाई बर्खास्त गरेको छ ।

यसैबीच छैटौं पटक बर्खास्तमा परेका मोरिन्होले पटक पटकको बर्खास्तबाट मिलियन डलर कमाई गरेको विषय अहिले चर्चामा रहेको छ । मोरिन्होले आफ्नो क्यारियरमा बर्खास्त हुदा मात्र करिब १०० मिलियन डलर कमाई गरेका छन् ।

क्लबहरुले बर्खास्त गर्दा उनलाई दिने क्षतिपुर्ति रकमबाट उनले अहिलेसम्म १०० मिलियन डलर कमाई गरेका छन् ।

मोरिन्होलाई प्रिमियर लिग क्लबले मात्र करिब ३३ मिलियन डलर क्षतिपुर्ति तिरेको छ । चेल्सीले मोरिन्होलाई २००७ मा बर्खास्त गर्दा २२.७६ मिलियन डलर तिरेको थियो भने दोस्रो पटक २०१५ मा बर्खास्त गर्दा १०.५० मिलियन डलर तिरेको थियो ।

त्यस्तै रियल म्याड्रिडले २०१३ मा बर्खास्त गर्दा साढे २१ मिलियन डलर तिरेको थियो भने म्यानचेस्टर युनाइटेडले २०१८ मा बर्खास्त गर्दा २५.३० मिलियन डलर क्षतिपुर्ति तिरेको थियो । त्यस्तै टोटनह्यामले २०२१ मा मोरिन्होलाई बर्खास्त गर्दा करिब १९ मिलियन डलर क्षतिपुर्ति तिरेको थियो ।

त्यसैगरी यस पटक रोमाले बर्खास्त गर्दा भने मोरिन्होलाई करिब ३.७९ मिलियन डलर क्षतिपुर्ति दिने भएको छ । मोरिन्होको आगामी जुनमा सम्झौता सकिने भएकाले रोमाले कम क्षतिपुर्ति तिर्ने भएको हो ।

यसरी मोरिन्होले आफ्नो ६ पटकको बर्खास्तबाट १०० मिलियन डलरभन्दा बढी कमाई गरेर अनौठो रेकर्ड बनाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै