• २०८१ बैशाख १६ आइतबार

धनकुटामा मत्स्य नर्सरी स्थापना हुँदै

kharibot

धनकुटा। व्यावसायिक माछापालनलाई टेवा दिने उद्देश्यले यस वर्षबाट धनकुटामा मत्स्य नर्सरी केन्द्र स्थापना गरिने भएको छ ।

कोशी प्रदेशको लगानीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले माछाको भुरा विकास केन्द्रको स्थापना गर्न लागेको हो । 

केन्द्रको स्थापनाले जिल्लाका किसानलाई माछाका भुरा लिन तराईका जिल्ला जानुपर्ने बाध्यताको अन्त्य हुने कार्यालयका निमित्त प्रमुख लोकनाथ ढुङ्गानाले जानकारी दिए ।

“नर्सरीमा ह्याचरीबाट माछाका साना भुरा ल्याएर यहाँको वातावरण अनुकूलन बनाएर वितरण गरिनेछ”, उनले भने । केन्द्रको स्थापनाका लागि विज्ञको टोलीले जिल्लाका विभिन्न स्थानको सर्भेक्षण गरिरहेको ढुङ्गानाले जानकारी दिए ।

आधिकारिक तथ्याङ्क नभए पनि जिल्लामा खपत हुने ९० प्रतिशतभन्दा बढी माछा तराई र भारतबाट आपूर्ति हुने गरेको छ ।

त्यसका कारण जिल्लामा प्रशस्त माछापालनको सम्भावना रहेकाले केन्द्रको स्थापनापछि व्यावसायिक माछा उत्पादनमा महत्वपूर्ण सहयोग पुग्ने ढुङ्गानाको भनाइ छ ।

प्रदेश सरकारको रु पाँच लाखको लागतमा भुरा नर्सरी स्थापनाका लागि आवेदन खुला गरिएको केन्द्रका अधिकृत पुष्प दाहालले जानकारी दिए ।

माछाको भुरा उत्पादन केन्द्रबाट जिल्लाभरिका माछापालक किसान लाभान्वित हुने दाहालले जानकारी दिए ।

हाल जिल्लामा तीन कार्प र एउटा रेन्बो ट्राउट माछा फार्म रहेको दाहालले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै