• २०८१ बैशाख १७ सोमबार

हिरो ज्योतिबाट चौधरी समुहमा, सिजी मोटर्स बन्यो आधिकारिक विक्रेता

kharibot

काठमाडौं । नेपालमा आफ्नो उपस्थितिलाई बलियो बनाउने रणनीतिक कदममा, मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो उत्पादक हिरो मोटरकर्प  नेपालको सबैभन्दा ठुलो समुह चौधरी ग्रुप मातहतको कम्पनी सिजी मोटर्ससँग सहकार्य गरेको छ । 

यसअघि हिरोको आधिकारिक विक्रेता रुप ज्योतिको एनजीएम रहेको थियो । हिरोले एनजीएमलाई विक्रेताको रुपमा नवीकरण गर्न नमाने पछि यो विषय अदालतमा समेत पुगेको थियो । पाटन उच्च अदालतले यो विषयमा हिरोको पक्षमा फैसला गरेपछि अब चौधरी ग्रुपको सिजी मोटर्स आधिकारीक विक्रेता बनेको छ ।     

हिरो मोटकर्पले सन् २०१४ मा नेपाली बजारमा प्रारम्भिक रूपमा प्रवेश गरेको थियो, राम्रो लोकप्रियता कमाएको सुपर स्प्लेन्डर र एक्सप्लस २०० लगायत आफ्ना प्रतिष्ठित मोटरसाईकल ब्रान्डहरूका साथ निरन्तर रूपमा हिरो प्रख्यात हुँदै गइरहेको छ । नेपाललाई एसियाको प्रमुख बजारको रूपमा मान्यता दिँदै, हिरो मोटोकर्पको सीजी मोटर्ससँगको साझेदारीले आफ्नो व्यापारलाई थप बलियो बनाउने र समग्र ग्राहक अनुभवलाई अभिवृद्धि गर्ने चौधरी ग्रुप समक्ष अपेक्षा राखेको देखिन्छ ।

चौधरी ग्रुप नेपालको व्यापार क्षेत्रको  विश्वभर १६०  भन्दा बढी कम्पनीहरू र १२३ ब्रान्डहरूको विशाल नेटवर्क रहेको समुह हो।  एफएमसिजि, वित्तीय सेवाहरू, ऊर्जा र पूर्वाधार, आतिथ्य, र अत्याधुनिक इलेक्ट्रोनिक्स सहित विभिन्न क्षेत्रहरूमा यो समुहको व्यवसाय फैलिएको छ ।

यस सहकार्य अन्तर्गत, हिरो मोटोकर्प र सीजी मोटर्सले नेपाली बजारमा हिरो मोटोकर्पको उत्पादनहरू एसेम्बल गर्न नवलपुर जिल्लामा अत्याधुनिक ग्रीनफिल्ड सुविधा स्थापना गर्न तयार भएको प्रेस विज्ञप्तिमा बताईएको छ । स्थानीय अर्थतन्त्रमा नयाँ लगानी र रोजगारीका अवसरहरू इन्जेक्सन गर्दै २०२४ मार्च बाट सेवा सञ्चालन सुरु गर्न तय गरिएको छ।

हिरो मोटोकर्पबा ग्लोबल बिजनेस हेड, सञ्जय भानले यो सहकार्यप्रति  उत्साह व्यक्त गर्दै प्रेस विज्ञप्तिमा भनेका छन् , 'नेपाल हाम्रा लागि अत्यन्तै महत्त्वपूर्ण बजार हो र यहाँका ग्राहकहरूलाई उत्कृष्ट उत्पादन, सेवा र अनुभवहरू उपलब्ध गराउने हाम्रो निरन्तर प्रयास हो ।'  उनले चौधरी ग्रुपसँगको सहकार्यले देशमा हिरो मोटोकर्पको सञ्चालनलाई थप मजबुत बनाउन सहयोग पुग्ने बताए ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, 'यो सहकार्यले हिरो मोटोकर्पका लोकप्रिय उत्पादन र सेवाहरूको नेपाली जनताले लाभ उठाउन पाउने तथा अटोमोटिभ बजारमा सीजी मोटर्ससँग हिरो मोटोकर्पको पुनः प्रवेशबाट आम उपभोत्तालाई फाईदा हुनसक्छ ।' 

नेपालमा हिरो मोटोकर्पको एक्सप्लस टुईन्स, एक्सट्रिम रेञ्ज, स्पेल्ण्डर रेञ्ज, ग्लामोर, एचएफ डिलक्स मोटरसाईकल तथा स्कुटर लगायतका दुईपाँग्रे सवारीहरु रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय