• २०८१ बैशाख १८ मंगलबार

जनमत बाहिरिएपछि कस्तो छ मधेश प्रदेशको अंकगणित ?

kharibot

काठमाडौँ ।  मधेश सरकारबाट जनमत पार्टी बाहिरिएको छ । मधेश प्रदेशमा चौथो ठुलो दलको रुपमा रहेको जनमतका १३ सांसद रहेका छन् । जनमतले खासगरी मधेश प्रदेशमा जसपासँगको आपसी द्वन्द्वका कारण सरकार छोडेर आन्दोलनमा जाने घोषणा गरेको छ । जनमतका मधेश प्रदेशमा दुई मन्त्री सरकारमा थिए । 

मधेशमा जनमतका महेश प्रसाद यादव शिक्षामन्त्री थिए भनेचन्दन कुमार सिंह श्रममन्त्री रहेका थिए ।  दुवैले राजीनामा दिएका छन् भने सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन् । 

जनमतको बहिर्गमनले तत्काल प्रदेश सरकारलाई भने कुनै अप्ठ्यारो पर्ने देखिदैन । १०७ सदस्यीय प्रदेशसभामा हालको गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी स्पष्ट बहुमतमा रहेका छन् ।

प्रदेशमा २३ सिटसहित नेकपा एमाले सबैभन्दा ठुलो पार्टी हो । त्यस्तै नेपाली काँग्रेसको २२ सिट रहेको छ भने जसपाको १८ सिट रहेको छ । त्यस्तै लोसपा र माओवादी केन्द्रको ९-९ सिट रहेको छ भने एकीकृत समाजवादीको ७ सिट रहेको छ ।

त्यस्तै प्रदेशमा नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको एक एक सिट रहेको छ । त्यस्तै प्रदेशमा ३ जना स्वतन्त्र सांसद रहेका छन् ।

केन्द्रको गठबन्धनमा रहेका दलहरु कांग्रेस, जसपा, माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति एक ठाउमा रहिरहेमा प्रदेश सरकारलाई कुनै अप्ठ्यारो पर्ने भने देखिदिन । जनमत बाहिरिएपछि पनि प्रदेश सरकारसँग ६६ सिट रहन्छ, हुन् बहुमतको लागि आवश्यक ५४ भन्दा निकै बढी हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै