• २०८१ बैशाख १७ सोमबार

माइक्रोसफ्टले गेम डिभिजनका १९ सय कमर्चारी हटाउने

kharibot

काठमाडौँ । टेक कम्पनी माइक्रोसफ्टले आफ्नो भिडियो गेम डिभिजनबाट १९ सय कर्मचारी हटाउने योजना बनाएको छ ।

मनी कन्ट्रोलको रिपोर्टका अनुसार माइक्रोसफ्टको यस योजनाले एक्टिभिजन ब्लिजार्ड र एक्सबक्स लगायत अन्य डिभिजनका कर्मचारीहरूलाई असर गर्ने बताइएको छ । माइक्रोसफ्टले गत वर्ष एक्टिभिजन ब्लिजार्डलाई ६८ मिलियन डलरमा अधिग्रहण गरेको थियो ।

माइक्रोसफ्टको यस कदमले गेमिङ डिभिजनका ८ प्रतिशत कर्मचारी प्रभावित हुनेछन् ।

रिपोर्टका अनुसार यो छाँटकाँट माइक्रोसफ्टको गेमिङ डिभिजनको ८ प्रतिशत हो, जसमा कुल २२ हजार कर्मचारी छन् । मिडिया रिपोर्टहरूका अनुसार कम्पनीका गेमिङ प्रमुख फिल स्पेन्सरले एक ईमेल पठाउदै यस बारे जानकारी दिएका छन्।

उनले इमेलमा भनेका छन्- 'आज हामी सबैले प्राथमिकताहरू सेट गर्न र कहाँ काम ओभरल्याप हुन्छ भनेर पहिचान गर्न मिलेर काम गर्यौं । विकासका अवसरहरू सिर्जना गर्न हामी सबै मिलेर काम गर्ने कुरा सुनिश्चित गर्दैछौं ।'

१० महिना अघि माइक्रोसफ्टले सिएटल कार्यालयबाट ५५९ कर्मचारीलाई निकालेको थियो । यसअघि माइक्रोसफ्टले वाशिङटन राज्यमा रहेको बेलेभ्यु र रेडमण्ड कार्यालयबाट ५५९ कर्मचारीलाई निकालेको थियो । माइक्रोसफ्टको सुरक्षा अपरेसनका कर्मचारीहरू यस छाँटकाँटमा समावेश थिए।

अहिले माइक्रोसफ्टका अमेरिकामा एक लाख २२ हजार कर्मचारी छन् भने अमेरिका बाहिर ९९ हजार कर्मचारी कार्यरत छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै