• २०८१ बैशाख १७ सोमबार

नेपालले चौथो विकेट गुमायो

kharibot

काठमाडौँ । नेपालले चौथो विकेट गुमाएको छ । जारी यू-१९ विश्वकप अन्तर्गतको खेलमा अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछाएको नेपालले २४औं ओभरमा चौथो विकेट गुमाएको हो ।

नेपालका आकाश त्रिपाठी १६ रन बनाएर आउट भएका छन् । त्रिपाठीले कप्तान देव खनालसँग चौथो विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए । यस अघि विपिन रावल २, गुलशन झा १ रन र अर्जुन कुमाल १० रन बनाएर आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल नेपालले २३.१ ओभरमा ४ विकेट गुमाएर ७३ रन बनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय