• २०८१ बैशाख १५ शनिबार

अफगानिस्तानलाई हराउदै नेपाल यू-१९ विश्वकपको सुपर सिक्समा

kharibot

काठमाडौँ। नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गरेर जारी यू-१९ विश्वकपको सुपर सिक्समा पुगेको छ ।

अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछाएको नेपालले ४४ .४ ओभरमा नवौँ विकेट गुमाउदै लक्ष्य पुरा गरको थियो ।

यस अघि पहिला ब्याटिंग गर्दै अफगानिस्तानले ४०.१ ओभरमा अल आउट हुदै १४५ रन बनाएको थियो ।

यो जितपछि नेपाल समुह डी बाट तेस्रो हुदै सुपर सिक्समा पुगेको छ । यस समुहबाट न्यूजील्याण्ड र पाकिस्तान यसअघि नै सुपर सिक्समा पुगिसकेका छन् ।

यो हारसँगै अफगानिस्तान समुह चरणबाट बाहिरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै