• २०८१ बैशाख १७ सोमबार

इमरान खानको घरलाई कारागार बनाइयो, श्रीमती बुशराले गरिन आत्मसमर्पण

kharibot

इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी श्रीमतीलाई बुशरा बीबीले पाकिस्तानको नेशनल एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) समक्ष आत्मसमर्पण गरेकी छन् । उनलाई सरकारी उपहार बेचेको आरोपमा बुधबार १४ वर्षको जेल सजाय सुनाइएको थियो । 

यसपछि इस्लामाबादस्थित इमरान खानको घर बनी गालालाई जेलमा परिणत गरिएको छ । इस्लामावादका प्रमुख आयुक्तले इमरानको घरलाई जेल बनाउने आदेश दिएका थिए । बुशरा बीबी अर्को आदेश नभएसम्म बनी गाला जेलमा नजरबन्दमा रहनेछिन् । इमरानको घरबाहिर ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । यसबाहेक बनी गालाभित्र जेलका कर्मचारी पनि रहने छन् ।

हाल इमरान रहेको अदियाला जेलमा हमलाको धम्कीपछि  इमरानलाई उनकै घरमा राखिने भएको छ ।

बुधबार इमरान र उनकी श्रीमतीलाई तोशखाना (उपहार) सँग सम्बन्धित मुद्दामा सजाय सुनाइएको थियो । उक्त निर्णय अनुसार खानले आगामी १० वर्षसम्म कुनै पनि सरकारी पदमा बस्न पाउँदैनन् । यसबाहेक दुवैलाई करिब २३ करोड ३७ लाख पाकिस्तानी रुपैयाँ जरिवाना पनि लगाइएको छ । गत महिना खान र बुशरा बीबीले साउदी युवराजबाट उपहारस्वरूप प्राप्त गरेको गहना बिक्री गरेको आरोप लगाएको थियो ।

यो सेटमा बुशराले बेचेको एउटा नेकलेस, घडी, २ वटा झुम्का र एउटा औंठी थियो । प्रधानमन्त्री हुँदा खानले साउदी युवराजबाट हिराको हार उपहार स्वरुप पाएका थिए । यसको मूल्य १८ करोड पाकिस्तानी रुपैयाँ थियो, यो लाहोरका एक प्रसिद्ध जौहरीलाई बेचिएको थियो । इमरानकी श्रीमती बुशरा बीबीले यो हार एक मन्त्री जुल्फी बुखारीमार्फत बेचेकी थिइन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय