• २०८१ बैशाख १७ सोमबार

लेबनानमा नेपाली शान्ति सैनिकको निधन

kharibot

काठमाडौँ । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि लेबनानमा तैनाथ नेपाली सैनिकको मृत्यु भयेको छ ।

नेपाली सेनाको पुरानो गोरख गण (शान्ति सेना) ६४औँ डफ्फामा कार्यरत सिपाही शुवास थापाको विहिबार निधन भएको नेपाली सेनाले जनाएको छ ।

दोलखा निवासी सिपाही शुवास थापा उक्त गण हे.क्वा.को बंकरमा स्ट्याण्डवाइ डिउटीमा रहँदा आँफैले बोकेको हतियारबाट गोली लागी घाइते अवस्थामा फेला परेको र अस्पतालमा उपचारका लागि लगिएकोमा निज सिपाहीको निधन भएको हो । स्वर्गीय सिपाही शुवासको पार्थिव शरीर स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको नेपाली सेनाले जनाएको छ ।

हाल उक्त मिशन तैनाथ रहेको लेबननको सीमावर्ती इलाकामा लडाई चलिरहेको हुँदा त्यसको साइकोलोजिकल इफेक्टका अलवा अन्य कुनै कारणबाट उक्त घटना घटेको हो भन्ने बारेमा बुझ्ने कार्य भईरहेको नेपाली सेनाले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै