• २०८१ बैशाख १६ आइतबार

सुनसरीमा महिला हिंसाको घटना बढ्दो

kharibot

इनरुवा । सुनसरीमा महिला हिंसाको घटना बढ्दो क्रममा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार महिला हिंसाको घटना बढ्दो क्रममा रहेको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

जिल्लामा चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ५४ वटा जबरर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएको उनको भनाइ थियो ।

आर्थिक वर्ष २०७८÷७९ मा जबर्जस्ती करणीसम्बन्धी एक सय वटा मुद्दा दर्ता भएकामा २०७९÷८० मा १०६ वटा मुद्दा दर्ता भएको थियो ।

जबर्जस्ती करणी उद्योगमा आव २०७८÷७९ मा ३० वटा र ०७९÷८० मा १६ वटा मुद्दा दर्ता भएको थियो भने चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा आठ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

मानव बेचबिखन शिर्षकमा आव २०७८÷७९ मा आठ वटा र ०७९÷८० मा एउटा मुद्दा दर्ता भएको थियो भने  चालु आवको पुससम्ममा एउटा मात्र मुद्दा दर्ता भएको छ ।

त्यसैगरी अपहरण तथा शरीर बन्धक शीर्षकमा आव २०७८÷७९ मा चार वटा र ०७९÷८० मा दुई वटा मुद्दा दर्ता भएको थियो भने चालु आवको पुस सम्ममा दुई वटा मात्र मुद्दा दर्ता भएको छ । 

त्यसैगरी ‘बाल बिज्याँई’ शीर्षकमा  आव २०७८÷७९ मा एउटा र ०७९÷८० मा एउटा मुद्दा दर्ता भएकामा चालु आवको पुसमहिनासम्म एउटा पनि मुद्दा दर्ता नभएको प्रहरीले जनाएको छ ।

त्यसैगरी बोक्सीको अरोपमा आव २०७९÷८० मा एउटा र चालु आवको पुससम्ममा एउटा मुद्दा दर्ता भएको थियो ।   

बालयौन दुरुपयोग शीर्षकमा आव २०७८÷७९ मा १५ वटा र ०७९÷८० मा १४ वटा मुद्दा दर्ता भएकामा चालु आवको गत पुस सम्ममा पाँच वटामात्र मुद्दा दर्ता भएको थियो ।

त्यसैगरी बहुविवाह शीर्षकमा आव २०७८÷७९ मा ३६ वटा र ०७९÷८० मा २६ वटा मुद्दा दर्ता भएको थियो भने चालु आवको पुससम्ममा १९ वटा मात्र मुद्दा दर्ता भएको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए । 

समाजमा महिलाका लागि आधारभूत तथा उच्च शिक्षामा कम लगानी, विविधताको पहिचान र सम्मान नहुनु, तेस्रो लिङ्गिको सवाल, फितलो समावेशीताको नीति, लैङ्गिक असमानता, विद्यमान नीति कार्यान्वयनमा ढिलाइ, बढ्दो परनिर्भरता, बेरोजगारी, कुसंस्कार, सामाजिक सञ्जालको दुरुपयोग, लक्षित वर्गको पहुँच पुग्न नसक्नु र सहभागितामा कमीले महिला हिंसाको घट्ना बढ्दो क्रममा रहेको प्रहरी उपरीक्षक विपीन रेग्मीले जानकारी दिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै