• २०८१ बैशाख १५ शनिबार

राष्ट्रिय सभा अध्यक्षमा हाम्रो दाबी छ- प्रधानमन्त्री प्रचण्ड

kharibot

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रले दाबी गर्ने बताएका छन् ।

मंगलबार बसेको संसदीय दलको बैठकमा सांसदहरूको धारणामाथि जवाफ दिनेक्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभाको ठूलो दलको हैसियतले अध्यक्षमा दाबी प्रस्तुत गर्ने बताएका हुन् । उनले राष्ट्रिय सभा अध्यक्षका लागि गठबन्धनको बैठकमा कुरा राख्ने बताएका छन् ।

फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षका लागि निर्वाचन हुँदैछ । नेपाली कांग्रेसले पनि राष्ट्रिय सभा अध्यक्षमा दाबी गरिरहेको छ । कोशीबाट निर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा अध्यक्षका लागि आकांक्षी रहेका छन् ।

राष्ट्रिय सभामा माओवादी १७ सांसदसहित ठूलो दल रहेको छ । त्यस्तै राष्ट्रिय सभामा १६ सांसदसहित कांग्रेस दोस्रो ठुलो दल रहेको छ । त्यस्तै १० सांसदसहित एमाले तेस्रो र ८ सांसदसहित एकीकृत समाजवादी चौथो दल रहेको छ । त्यस्तै राष्ट्रिय सभामा जसपाका ३, लोसपा र राष्ट्रिय जनमोर्चाका एक-एक जना सांसद छन् भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने एक सदस्य अझै खाली रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय