• २०८१ बैशाख १५ शनिबार

राष्ट्रिय सभाका नवनिर्वाचित १९ सांसदले आज शपथ लिदै

kharibot

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदको पदावधि सकिएको छ । गोलाप्रथाबाट ६ वर्ष कार्यकाल तय भएका २० जना सांसदको पदावधि आइतबारदेखि सकिएको हो ।

पदावधि सकिएकामा १९ निर्वाचित सांसद हुन् भने एक जना राष्ट्रपतिबाट मनोनीत सांसद रहेका हुन् ।

पदावधि सकिन लागेका सांसदमा सबैभन्दा बढी एमालेबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित नौ जना रहेका छन् । जसमा गणेशप्रसाद तिमिल्सिना, दीपा गुरुङ, इन्दु कडरिया, दीलकुमारी रावल थापा, कुमार दसौंदी, नरपति लुवार भैरवकुमार श्रेष्ठ, रामचन्द्र राई र विमला राई पौड्याल (मनोनित) रहेका छन् । त्यसैगरी नेपाली कांग्रेसका चार जना रहेका छन् । जसमा रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र  प्रकाश पन्थ रहेका छन् ।

त्यस्तै माओवादी केन्द्रका विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरासहित तीन जना रहेका छन् भने एकीकृत समाजवादीका नन्दा चापागाईं र सिंगबहादुर विश्वकर्मा गरि दुई जना रहेका छन् । त्यसैगरी जसपाकी प्रमिला कुमारी र स्वतन्त्र सांसद खिमलाल देवकोटा (एकीकृत समाजवादी) को पदावधि सकिएको छ ।

त्यस्तै रिक्त १९ स्थानमा पदपूर्तिका लागि गत माघ ११ गते राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएको थियो । नवनिर्वाचित सांसदहरुको शपथ आज रहेको छ । 

आजदेखि नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, आनन्दप्रसाद ढुङ्गाना, विष्णुकुमारी पुडासैनी, जितजंग बस्नेत, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया, बलदेव बोहरा र नारायणदत्त भट्ट गरी १० जना सांसद राष्ट्रिय सभामा जाँदैछन् ।  त्यसैगरी माओवादी केन्द्रबाट श्रीकृष्ण अधिकारी, मनरुपा शर्मा, झक्कु सुवेदी, विष्णुबहादुर विश्वकर्मा र रेणु चन्द, नेकपा एकीकृत समाजवादीबाट घनश्याम रिजाल, सावित्री मल्ल राष्ट्रिय सभामा जादै छन् । 

त्यस्तै नेकपा एमालेबाट रुकमिनी कोइराला र जनता समाजवादी पार्टीबाट पूजा चौधरी राष्ट्रिय सभामा जादै छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै