• २०८१ बैशाख १७ सोमबार

कानून निर्माणको काममा ध्यान केन्द्रित गर्न पार्टीका सांसदहरुलाई जसपाको निर्देशन

kharibot

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले संसदमा कानून निर्माणको काममा ध्यान केन्द्रित गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएको छ ।

मंगलवार अपरान्ह सिंहदरबारमा बसेको जसपा पार्टी संसदीय दलको बैठकले संसदको चालु अधिवेशनमा कानून निर्माणको काममा केन्द्रित हुनेगरी संसदका आफ्नो सशक्त उपस्थिति देखाउन पार्टीका सांसदहरुलाई निर्देशन दिएको हो ।

कानून निर्माणको काममा पार्टीका सांसदहरुलाई केन्द्रित हुन बैठकले निर्देश गरेको प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए । बैठकमा सांसदहरुलाई संसदले जारी गरेको क्यालेण्डरअनुसार उपस्थित हुन पनि सचेत गराएको थियो ।

प्रमुख सचेतक यादवले हिउँदे अधिवेशनमा जनता समाजवादी पार्टीको भूमिका कस्तो रहने, जनता समाजवादी पार्टीका सांसदहरुको भुमिका कस्तो रहने भन्ने विषयमा छलफल भएको जानकारी दिएका छन् ।

उनले भने- 'जनता समाजवादी पार्टीका सांसदहरुले अधिकभन्दा अधिक समितिहरुमा भाग लिएर विधेयकहरु बनाउने र संसदमा चाहीँ अधिकभन्दा अधिक उपस्थित हुने यो विषयमा हाम्रो छलफल रह्यो । र, यही विषयमा हाम्रो निर्णयहरु पनि भयो ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय