• २०८१ बैशाख १७ सोमबार

क्यानडाविरुद्ध भीम सार्कीको शतक

kharibot

काठमाडौँ । भीम सार्कीले क्यानडाविरुद्ध शतक बनाएका छन् ।

क्यानडाले दिएको २३३ रनको लक्ष्य पछाएको नेपालका लागि भीमले सुझबुझपूर्ण ब्याटिंग गर्दै १२७ बलमा शतक पुरा गरेका हुन् ।

भीमको एकदिवसीय क्रिकेटमा यो पहिलो शतक हो । साथै उनी नेपालका लागि एकदिवसीय क्रिकेटमा शतक बनाउने आठौँ खेलाडी बनेका छन् ।

यसअघि अनिल शाहले यसै खेलमा शतक बनाएका छन् भने पारस खड्का, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ सेख र कुशल मल्लले पनि एकदिवसीय शतक बनाएका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै