• २०८१ बैशाख १५ शनिबार

थाइल्याण्ड र युएई एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा

kharibot

काठमाडौँ । थाइल्याण्ड र युएई एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा पुगेका छन् ।

बुधबार सम्पन्न क्वाटरफाइनल खेलमा थाइल्याण्डले हङकङलाई ३ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । हङकङले दिएको ९३ रनको लक्ष्य पछाएको थाइल्याण्डले १९.१ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

त्यसैगरी युएईले इन्डोनेसियालाई ५६ रनले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । युएईले दिएको १२३ रनको लक्ष्य पछाएको इन्डोनेसियाले २० ओभरमा ६ विकेट गुमाउदै ६६ रन मात्र बनाएपछि युएई विजयी भएको थियो ।

अब सेमिफाइनलमा थाइल्याण्ड र युएई खेल्ने छन् । पहिलो सेमिफाइनल खेल शुक्रबार हुने छन् ।
        

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै