काठमाडौँ । नेपालले नामिबियाविरुद्ध खराब ब्याटिंग गरेको छ ।
आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले सातौं विकेट गुमाएको छ ।
नेपालका भीम सार्की ४४ रन बनाएर आउट भएका छन् ।
यसअघि सोमपाल कामी २, कुशल मल्ल १५, कप्तान रोहित पौडेल १, आसिफ सेख ४, अनिल शाह ८ र कुशल भुर्तेल रोयल डकमा आउट भएका थिए ।
यो समाचार तयार गरुजेल नेपालले २१.४ ओभरमा ६ विकेट गुमाएर ७३ रन बनाएको छ ।