• २०८१ बैशाख १५ शनिबार

लागूऔषधसहित दुईजना पक्राउ

kharibot

काठमाडौँ। भनुषा र मकवानपुरबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् ।

धनुषाको विदेह नगरपालिका-९ तरहीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १० किलोसहित महोत्तरी भंगहा नगरपालिका-९ बस्ने २१ वर्षीय अमर कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईटहर्वाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई उक्त परिमाणको वस्तुसहित पक्राउ गरेको हो । 

मकवानपुरको भिमफेदी गाउँपालिका-२ भैंसेबाट अवैध लागूऔषध चरेस जस्तो देखिने वस्तु करिब २० किलोसहित थाहा नगरपालिका-८ देवीथान बस्ने १५ वर्षीय किशोरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ जाँदै गरेको ना.८ ख ३५६१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार ती किशोरलाई उक्त परिमाणको वस्तुसहित पक्राउ गरेको हो ।

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै