• २०८१ बैशाख १६ आइतबार

लागूऔषधसहित ९ जना पक्राउ

kharibot

काठमाडौँ। देशका विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ परेका छन् ।

कास्कीको पोखरा महानगरपालिका-१९ भुनपुरेबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ ग्रामसहित स्याङजा पुतलीबजार नगरपालिका-८ घर भई पोखरा महानगरपालिका-६ लेकसाईड बस्ने ३१ वर्षीय सुनिल दर्जीलाई प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले ग.२१ प ५४५४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक दर्जीलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

झापाको झापा गाउँपालिका-१ सोह्रखुट्टेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय १० मिलिग्रामसहित भारत घर भएका २५ वर्षीय मो.ईन्सुलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

कैलालीको धनगढी उपमहामगरपालिका-३ बोराडाडी चोकबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्रामसहित गोदावरी नगरपालिका-५ गेटा बस्ने २३ वर्षीय मनोज राना समेत २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

काठमाडौंको काठमाडौं महानगरपालिका-२७ जमलबाट अवैध लागूऔषध पोल्यान्ड जस्तो देखिने पदार्थ करिब २० ग्रामसहित सोही महानगरपालिका-१५ स्वयम्भू बस्ने ४२ वर्षीय निराजन शाही खड्कीसमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ हो । 

 

पढ्नै पर्ने

लोकप्रिय