• २०८१ बैशाख १५ शनिबार

माइतीघर क्षेत्रमा दुई महिनाका लागि थपियो निषेधाज्ञा

kharibot

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधित क्षेत्रको अवधि तेस्रो पटक थपेको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सूचना जारी गर्दै दुई महिनाको लागि निषेधित क्षेत्र तोकिएको हो ।

यसअघि प्रशासन कार्यालयले गत मंसिर ५ गते ३० दिनका लागि पाँच जनाभन्दा बढी भेला जम्मा भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ गर्न निषेध गर्दै निषेधित क्षेत्र तोकेको थियो ।  गत मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमाले निकट युवा संघले गरेको कार्यक्रममा दंगा नहोस् भन्ने उद्देश्यले प्रशासनले उक्त आदेश जारी गरेको थियो । 

त्यसपछि दोस्रो पटक पुस ४ गते प्रशासनले दुई महिनाका लागि निषेधित क्षेत्र लम्ब्याएको थियो । प्रशासनले माइतीघर मण्डलदेखि बानेश्वरसम्म, शितल निवास, उपराष्ट्रपतिको हरित गृह, प्रधानमन्त्री निवास, संसद भवन नयाँ बानेश्वर र सिंहदरबार आसपासलाई लक्षित गरी निषेधित क्षेत्र तोकेको थियो। 

कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, अतिविशिष्ट पदाधिकारी बसोबास गर्ने तथा कार्यालयलगायत आसपासका क्षेत्र रहेकाले निषेधित क्षेत्र तोकेको सूचनामा उल्लेख छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै