• २०८१ बैशाख १८ मंगलबार

गोदावरीमा काँग्रेस महासमिति बैठक शुरु

kharibot

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक शुरु भएको छ ।  ललितपुरको गोदावरीस्थित सनराइज हलमा महासमिति बैठक केहीबेर अघि शुरु भएको हो ।

आजदेखि शुरु भएको बैठक फागुन १० गतेसम्म चल्ने छ । केहीबेरमा कांग्रेस सभापति शेरबहादुर देउवाले महासमिति बैठक उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गर्नेछन् ।

यी प्रस्तावहरूमाथि चार वटा समूह बनाएर छलफल गरिने, जसमा हिमाल, पहाड र तराईको प्रतिनिधित्व हुने गरी समूह बनाइने प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।

महासमिति बैठकमा वर्तमान पदाधिकारी तथा केन्द्रीय सदस्यहरू १६५ जना, प्रतिनिधिसभा क्षेत्रबाट प्रतिनिधित्व हुने गरी महासमिति सदस्यहरू १ हजार ७८० जना, नेपाली जनसम्पर्क समितिबाट ८९ जना, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट ६९ जना, महासमिति सदस्य नरहेका जिल्ला सभापति ४६ जना सहभागी हुदै छन् ।

महासमिति बैठकले पार्टीको विधान र आगामी बाटो तय गर्ने हुनाले पार्टीको कार्यदिशाका लागि महत्वपूर्ण मानिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै