• २०८१ बैशाख १५ शनिबार

गर्भवतीको घरमा नीलो झन्डा

kharibot

प्रतिनिधि तस्बीर

चौतारा । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाले गर्भवतीको घर सहजै पहिचान होस् भनेर नीलो झन्डा राखेको छ । पोषण तथा खाद्य सुरक्षा नेपाल र बलेफी गाउँपालिकाको सहकार्यमा वडा नं २ भित्रका गर्भवती र दुई वर्षसम्मका सुत्केरीको ४५ घरधुरीमा नीलो झन्डा राखेर कार्यक्रम सुरुआत गरिएको हो ।  

उक्त झण्डामा गर्भवती आमा, छ महिनासम्मका स्तनपान गर्ने बच्चा, छ महिनादेखि दुई वर्षसम्मका बालबालिका देखिने लोगो राखिएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाप्रमुख चेतन घिमिरेका अनुसार पोषणमैत्री स्थानीय शासन प्रवद्र्धनका लागि सुनौला हजार दिनका आमाका घरपहिचान तथा सचेतना कार्यक्रमअन्तर्गत झन्डा राख्ने कामको सुरुआत गरिएको हो । 

गर्भवती र दुई वर्षसम्मका सुत्केरी सुनौला हजार दिनका आमा हुन् । सहजै गर्भवतीको घर पहिचानका लागि उक्त झन्डा राखिएको वडा नं २ स्थित धन्सार आधारभूत स्वास्थ्यचौकीको इन्चार्ज सुभद्रा नेपालले जानकारी दिइन् ।

गर्भवती महिला सुत्केरी नहुञ्जेलसम्म गर्भजाँचका साथै उनीहरुलाई आवश्यक अन्य सेवा प्रवाहमा सहजता र लक्षित वर्ग पहिचानका लागि यो अभियान सञ्चालन गरिएको पोषण तथा खाद्य सुरक्षा नेपालकी सहजकर्ता सविता श्रेष्ठले बताइन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै