• २०८१ बैशाख १८ मंगलबार

एमाले सिन्धुपाल्चोकको अध्यक्षमा श्रेष्ठ निर्वाचित

kharibot

सिन्धुपाल्चोक। नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोकको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित भएका छन् ।

आज सम्पन्न मतगणनामा श्रेष्ठ तीन सय ६३ सहित निर्वाचित भएका निर्वाचन समितिका संयोजक शारदाप्रसाद सापकोटाले जानकारी दिए । श्रेष्ठका प्रत्यासी कमल नेपालले तीन सय ४९ मत प्राप्त गरे । 

नयाँ नेतृत्वका लागि भएको मतदानमा कुल सात सत १३ खसेको थियो ।चौताराको आहालडाँडामा मतदान प्रक्रिया सकिएपछि एमाले पार्टी कार्यालयमा मतगणना भएको थियो । 

उपाध्यक्षमा तीन सय ४५ मतसहित अर्जुनकुमार भण्डारी निर्वाचित भए । उनका प्रत्यासी  विष्णुमणि आचार्यले तीन सय सात मत प्राप्त गरे । 

सचिवमा कृष्णगोपाल तामाङ चार सय तीन मतसहित विजयी हुनुभयो भने प्रत्यासी यज्ञराज सापकोटाले दुई सय ७० मत पाए ।

उपसचिव खुलातर्फ शिवहरि सापकोटाले तीन सय ३६ मतसहित विजयी हुँदा प्रत्यासी विजयकृष्ण श्रेष्ठले तीन सय १३ मत पाए ।

महिलातर्फ सुशीला पाख्रिनले चार सय ५६ मत प्राप्त गरी विजयी हुँदा प्रत्यासी शोभा कार्कीले दुई सय आठ मत प्राप्त गरिन् ।

जनजाति खुलातर्फ दुई सदस्यमा उम्मेदवारी नै परेन । विभिन्न क्लष्टरबाट ५६ जना सदस्य निर्विरोध चुनिएका थिए ।

पदाधिकारीसहित ४४ पदमा चुनाव भएको निर्वाचन समितिले जानकारी दिएको छ । अधिवेशनमा सात सय ४७ जना प्रतिनिधि थिए ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै