• २०८१ बैशाख १६ आइतबार

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीले पनि बाँदर नियन्त्रणका रुख काट्न जारी गर्यो सूचना

kharibot

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ ले बाँदर नियन्त्रणका लागि निजी जग्गाका रूख काट्न सूचना जारी गरेको छ ।

वडाध्यक्ष शिव कार्कीले सूचना प्रकाशित गर्दै फागुन महिनाभरि आ-आनो जग्गाका रूख काट्न आग्रह गरेका हुन् । उनले गाउँमा बाँदरको आतंक बढेकाले जोगाउनका लागि निजी जग्गाका रूख काट्न आग्रह गरिएको बताएका छन् ।

यस अघि गत माघ १५ गते पोखरा महानगरपालिका वडा नम्बर १९ ले पनि बाँदर नियन्त्रण गर्न भन्दै ‘मेरो रूख मै काट्छु’ अभियान चलाउन भन्दै सूचना प्रकाशित गरेपछि चौतर्फी विरोध भएको थियो ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै