• २०८१ बैशाख १८ मंगलबार

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

kharibot

बागमती। बाराको पथलैयामा आज बलेरो गाडी र ट्रक एकापसमा ठोक्किँदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत जितपुर सिमरा–२१ स्थित अदाभारमा भएको सो दुर्घटनामा  दुईजनाको मृत्य भएको छ भने तीनजना घाइते भएका छन् ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । 

प्रहरी निरीक्षक रामकुमार महतोका अनुसार हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च १३३४ नंको बलेरो तथा विपरीत दिशाबाट आउँदै गरेको ना६ख ३३५२ नंको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।

घाइतेहरुको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको उहाँको भनाइ रहेको छ । मृतक तथा घाइतेको पहिचान खुल्न सकको छैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै