• २०८१ बैशाख १७ सोमबार

एमालेसहित प्रतिपक्षी दलद्वारा संसदको बैठक अवरुद्ध

kharibot

काठमाडौं । नेकपा एमालेसहित प्रतिपक्षी दलहरुले संसदको बैठक अवरुद्ध गरेको छ ।

प्रतिनिधि सभाको बैठकमा एमालेसहितक प्रतिपक्षी दलहरुले प्रतिनिधि सभा बैठकमा सरकारका मन्त्रीहरु बिभिन्न काण्डमा मुछिएको भन्दै तीनजना मन्त्रीको माग गर्दै सरकारसँग जवाफ माग्दै संसदको बैठक अवरुद्ध गरेका हुन् । 

प्रतिपक्षी दलहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहन बस्नेत र पर्यटन मन्त्री सुदन किरातीको माग गरेका छन् ।

बालकुमारी घटनामा छानविन समितिले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र अख्तियारमा बयान दिएर आएका स्वास्थ्य मन्त्री बस्नेतलाई सरकारबाट हटाउन उनीहरुको माग छ ।

त्यस्तै भगवान गौतम बुद्धको एक मात्र अस्तु भएको रामग्राम निजी कम्पनिलाई ९९ बर्षका लागि भाडामा दिने निर्णय पर्यटनमन्त्री किँरातीको नेतृत्वमा रहेको समितिले गरेको भन्दै राजीनामा माग गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै