• २०८१ बैशाख १७ सोमबार

रुसी सेनाका लागि आफ्ना नागरिकहरू भर्ती भएको भारतको पुष्टि

kharibot

नयाँदिल्ली । भारतको विदेश मन्त्रालयले मुलुकका केही नागरिकहरू रुसी सेनासँग ‘सहायक नोकरी’ का लागि भर्ती भएको शुक्रबार पुष्टि गरेको छ । मन्त्रालयले उनीहरूको छुट्टी सुनिश्चित गर्नका लागि मस्कोसँग काम गरिरहेको समेत बताएको छ । 

करिब १८ भारतीय युक्रेनमा रुसको युद्धको अग्रपङ्क्तिमा विभिन्न सीमावर्ती सहरमा फसेको हिन्दू अखबारले बुधबार बताएको थियो । अखबारका अनुसार कम्तीमा तीन भारतीयलाई रुसीहरूसँग मिलेर लड्नका लागि ‘बाध्य’ पारिएको थियो । 

विदेश मन्त्रालयले भारतीयहरूले युद्धमा लडाकूको भूमिका निर्वाह गरेका थिए भन्नेबारेमा पुष्टि गरेको छैन तर एक विज्ञप्तिमा भनेको छ, “केही भारतीय रुसी सेनाको सहायक नोकरीका लागि भर्ती भएको जानकारी प्राप्त भएको छ ।”

“भारतीय दूतावासले नियमितरूपमा उनीहरूको शीघ्र रिहाइका लागि सम्बन्धित रुसी अधिकारीहरूसँग यस मामिलालाई उठाइरहेको छ”, विज्ञप्तिमा भनिएको छ, “हामी सबै भारतीयसँग उचित सावधानी अपनाउन र यो युद्धबाट टाढा रहन आग्रह गर्दछौँ ।”

भारतीयहरूलाई दुबईस्थित भर्तीकर्ताहरूले उच्च तलब र रुसी पासपोर्टको वाचा गर्दै धोका दिएको दि हिन्दूको रिपोर्टमा आरोप लगाइएको छ । मस्कोमा पुगेपछि भारतीयहरूलाई कथितरूपमा ‘रुसी सेनाबाट हतियार र गोलाबारुद’ सम्हाल्नका लागि प्रशिक्षित गरिएको र जनवरीमा अग्रपङ्क्तिमा पठाइएको थियो । 

अखबारका अनुसार केही भारतीयले कथितरूपमा वर्तमान युद्धमा युक्रेनी बलहरूसँग स्वेच्छिकरूपमा स्वयंसेवा गरेका थिए भने अर्कोतिर उनीहरूको कथित संलग्नताको यो पहिलो ज्ञात उदाहरण थियो । स्वदेश फिर्ताका लागि उनीहरूको ‘बारम्बारको आग्रह’ लाई मस्कोमा भारतीय दूतावासले ‘बेवास्ता’ गरेको एक व्यक्तिले अखबारलाई बताएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै