• २०८१ बैशाख १६ आइतबार

विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप नगर्न नयाँ उपकुलपति बरालको आग्रह

kharibot

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति केशरजंग बरालले विश्वविद्यालयमा हस्तक्षेप नगर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

शुक्रबार पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै बरालले विश्वविद्यालयजस्तो प्राज्ञिक थलोमा राजनीति हस्तक्षेप हुँदा उच्च शिक्षामा समस्या आउने बताउदै राजनीतिक हस्तक्षेप नगर्न आग्रह गरेका हुन् । 

उनले विश्वविद्यालय सुधारका लागि वार्षिक शैक्षिक क्यालेन्डर कार्यान्वयन आफ्नो पहिलो प्राथमिकता रहेको बताए । उपकुलपति बरालले उच्च शिक्षा अध्ययनका नाममा विदेशिने विद्यार्थीलाई रोक्न विश्वविद्यालयले समयमै परीक्षा सञ्चालन गरी प्रकाशन गर्ने र श्रमबजार अनुसारको पाठ्यक्रम बनाउने प्रतिबद्धता पनि जनाएका छन् । बरालले मानविकी र शिक्षाशास्त्र संकायलाई चारवर्षेबाट तीनवर्षे बनाउने समेत बताए । 

बरालले आजै विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी आफूले पाएको जिम्मेवारी नेपालको शिक्षा सुधारमा उपयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

विश्वविद्यालयको उपकुलपति छनोट समितिले बराललाई दोस्रो नम्बरमा राख्दै गत आइतबार प्रधानमन्त्री दाहालसमक्ष तीन जनाको नाम सिफारिस गरेकोमा प्रधानमन्त्रीले उनलाई विहिबार नियुक्त गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय