• २०८१ बैशाख १५ शनिबार

न्यूजील्याण्डविरुद्धको पहिलो टेस्टमा अस्ट्रेलिया १७२ रनले विजयी

kharibot

काठमाडौँ । टेष्ट सिरिजको पहिलो खेलमा अष्ट्रेलियाले न्यूजील्याण्डलाई १७२ रनले पराजित गरेको छ । ३६९ रनको लक्ष्यको सामना गरेको न्यूजील्याण्डले चौथो दिनको दोस्रो इनिङ्समा १९६ रन मात्रै बनाएपछि खेल अस्ट्रेलियाले जितेको हो ।

पहिलो इनिङ्समा १७४ रनको अविजित इनिङ खेलेका अस्ट्रेलियाका क्यामरुन ग्रीन प्लेयर अफ द म्याच भए ।

पहिलो इनिङ्समा अस्ट्रेलियाले ३८३ रन बनाएको थियो भने न्यूजील्याण्डले १७९ रन बनाएको थियो । दोस्रो इनिङ्समा अस्ट्रेलिया १६४ रनमा सीमित भएपनि न्यूजील्याण्डले १९६ रन मात्रै बनाउन सक्यो । वेलिंगटनको बेसिन रिजर्भ पार्क स्टेडियममा भएको पहिलो खेलमा अस्ट्रेलियाले जित निकाल्दै सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो टेस्ट मार्च ८ बाट क्राइस्टचर्चमा हुनेछ ।

न्यूजील्याण्ड पराजित भएपछि लाई पराजित गर्दै भारत विश्व टेस्ट च्याम्पियनसिपको अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । न्यूजील्याण्ड दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै