• २०८१ बैशाख १५ शनिबार

टेस्ट क्रिकेटमा एण्डरसनले पुरा गरे ७०० विकेट

kharibot

काठमाडौँ । इङल्याण्डका तिब्र गतिका बलर जेम्स एण्डरसनले टेस्ट क्रिकेटमा नयाँ किर्तिमान बनाएका छन् ।

भारतविरुद्धको जारी टेस्टमा २ विकेट लिएसँगै एण्डरसनले टेस्ट क्रिकेटमा ७०० विकेट पुरा गरेका छन् । एण्डरसन टेस्ट क्रिकेटमा सबै भन्दा बढी विकेट लिने तेस्रो बलर हुन् भने उनी विश्वमा धेरै विकेट लिने तिब्र गतिका पहिलो बलर हुन् ।

उनी भन्दा बढी अस्ट्रेलियाका स्पीनर शेन वार्नले ७०८ विकेट लिएका छन् भने श्रीलंकाका स्पीनर मुथैय्या मुरलीधरनले टेस्ट क्रिकेटमा ८०० विकेट लिदै शिर्ष स्थानमा रहेका छन् ।

४१ बर्षिय एण्डरसन टेस्ट क्रिकेटमा बढी विकेट लिने तिब्र गतिका पहिलो बलर हुन् । उनले ७०० विकेटको आँकडा पार गर्दै नयाँ किर्तिमान बनाएका छन् ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै