• २०८१ बैशाख १५ शनिबार

अस्ट्रेलियाद्वारा न्यूजील्याण्डविरुद्धको टेस्ट सिरिजमा क्लीन स्वीप

kharibot

काठमाडौँ । अस्ट्रेलियाले न्यूजील्याण्डविरुद्धको टेस्ट सिरिज क्लीन स्वीप गरेको छ । सोमबार बिहान सम्पन्न दोस्रो टेस्टमा अस्ट्रेलियाले ३ विकेटको जित हासिल गर्दै सिरिज २-० ले जितेको हो ।

न्यूजील्याण्डले दिएको २७९ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले टेस्टको पाँचौं दिन ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

अस्ट्रेलियाको जितका लागि एलेक्स केरीले अविजित ९८ र पाट कमिन्सले अविजित ३२ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका लागि मिचेल मार्शले महत्वपूर्ण ८० रन बनाएका थिए ।

यस अघि न्यूजील्याण्डले पहिलो इनिंगमा १६२ रन बनाएको थियो भने अस्ट्रेलियाले पहिलो इनिंगमा २५६ रन बनाएको थियो । त्यस्तै न्यूजील्याण्डले दोस्रो इनिंगमा ३७२ रन बनाएसँगै अस्ट्रेलियाले २७९ रनको लक्ष्य पाएको थियो ।

योसँगै अस्ट्रेलियाले सिरिज २-० ले जितेको छ ।  यस खेलको प्लेयर अफ द म्याच अस्ट्रेलियाका एलेक्स केरी बनेका छन् भने प्लेयर अफ द सिरिज न्यूजील्याण्डका माट हेनरी बनेका छन् । हेनरीले २ टेस्टमा कुल १७ विकेट लिएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै