• २०८१ बैशाख १७ सोमबार

ओस्करमा ओपेनहाइमरको बर्चश्व

kharibot

काठमाडौँ ।  ९६औं ओस्कर अवार्डमा फिल्म ओपेनहाइमरले उत्कृष्ट चलचित्रसहित कुल सात अवार्ड जितेको छ । ओपेनहाइमरका किलियन मर्फीले उत्कृष्ट अभिनेताको ओस्कार जितेका छन् भने क्रिस्टोफर नोलन उत्कृष्ट निर्देशक बनेका छन् ।

यस फिल्मका लागि रोबर्ट डाउनी जूनियरले उत्कृष्ट सहायक अभिनेताको ओस्कार अवार्ड जिते भने ओपेनहाइमरले उत्कृष्ट चलचित्र सम्पादन, उत्कृष्ट मौलिक स्कोर र उत्कृष्ट छायांकन विधामा पनि अवार्ड जितेको छ । यो फिल्म ओस्कारमा कुल १३ विधामा मनोनयनमा परेको थियो ।

त्यस्तै फिल्म पुअर थिङ्सले चार विधामा ओस्कार अवार्ड जितेको छ । फिल्मकी मुख्य अभिनेत्री एम्मा स्टोनले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरिन् । एम्माको यो दोस्रो ओस्कार अवार्ड हो । यसअघि २०१६ मा उनले फिल्म ला ला ल्याण्डका लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् ।

बेस्ट एक्ट्रेस बाहेक पुअर थिङ्सले बेस्ट कस्ट्युम डिजाइन, प्रोडक्सन डिजाइन र मेकअप र हेयरस्टाइलिङ विधामा पनि ओस्कार जितेको छ ।

फिल्म बार्बीले एउटा मात्र ओस्कार पाएको छ । यसको गीतले उत्कृष्ट मौलिक गीतको लागि ओस्कर जितेको छ । फिल्मले ८ विधामा मनोनयन प्राप्त गरेको थियो ।

त्यस्तै डा भिन जोय रानडोल्फले द होल्डोभर्सका लागि सर्वश्रेष्ठ सहअभिनेत्रीको अवार्ड जितेकी छन् । वार इज ओभर बेस्ट एनिमेटेड सर्ट फिल्मको अवार्ड जितेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै