• २०८१ बैशाख १५ शनिबार

पारस नेतृत्वको २०१४ विश्वकप लिजेन्ड्सले जित्यो एक्स्ट्राटेक लिजेन्ड कपको उपाधि

kharibot

काठमाडौँ । पारस खड्का नेतृत्वको २०१४ विश्वकप लिजेन्ड्सले रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा जारी 'एक्स्ट्राटेक लिजेन्ड कप' को उपाधि जितेको छ ।

फाइनल खेलमा २०१४ विश्वकप लिजेन्ड्सले रेस्ट अफ नेपाललाई १७ रनले पराजित गर्दै उपाधि जितेको हो ।   

२०१४ विश्वकप लिजेन्ड्सले दिएको १०२ रनको लक्ष्य पछाएको रेस्ट अफ नेपालले १० ओभरमा ९ विकेट गुमाउदै ८४ रन मात्र बनाएपछि २०१४ विश्वकप लिजेन्ड्सले १७ रनले खेल जितेको हो ।  

यस अघि पहिला ब्याटिंग गर्दै २०१४ विश्वकप लिजेन्ड्स टिमले १० ओभरमा ७ विकेट गुमाउदै १०१ रन बनाएको थियो ।

२०१४ विश्वकप लिजेन्ड्सका लागि कप्तान पारस खड्काले आक्रामक ब्याटिंग गर्दै १२ बलमा ३९ रन बनाएर आउट भएका थिए । त्यस्तै विरेन्द्र शाहले २९, प्रफुल्ल वैद्यले १३ रन बनाएका थिए । 

त्यस्तै रेस्ट अफ नेपालका लागि लाक्पा लामाले ४ विकेट लिएका थिए भने राजकुमार प्रधान र दिपेन्द्र चौधरीले एक एक विकेट लिएका थिए ।

यस अघि आजै सम्पन्न खेलमा रेस्ट अफ नेपालले रुपन्देही लिजेण्डसलाई १६ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो भने २०१४ विश्वकप लिजेन्ड्सले लिजेन्ड्स ९६ लाइ ५ विकेटले पराजित गरेर फाइनलमा पुगेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै