• २०८१ बैशाख १७ सोमबार

तीन प्रदेशका प्रदेश प्रमुख हटाउने सरकारको निर्णय

kharibot

काठमाडौं । सरकारले गण्डकी, मधेश र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ । 

आज बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेशका प्रदेश प्रमुख प्रिथ्विमान गुरुङ र सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छन् ।

मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेश प्रमुखमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेश प्रमुखमा नजिर मियाँलाई नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताइन् ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै