• २०८१ बैशाख १५ शनिबार

रामग्राम स्तूपमा एक हजार भिक्षु आउने

kharibot

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)।  पश्चिम नवलपरासीको रामग्राम स्तूपमा एक हजार भिक्षु आउने भएका छन् ।

जिल्लाको रामग्राम नगरपालिका–७ उजैनीस्थित स्तूपमा आगामी चैत ४ गते भिक्षु आउने रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले जानकारी दिए । 

स्तूपमा रहेको बुद्धको अस्ति धातुको पूजा तथा प्रार्थनाका लागि भिक्षु आउने उनको भनाइ छ ।

उनका अनुसार दिउँसोको पूजापछि साँझ बत्ती बाल्ने कार्यक्रम रहेको छ । विभिन्न देशबाट आउने ती भिक्षुले परासी बजारबाट पैदलयात्रा गर्दै स्तूपसम्म जानेछन् । पैदलयात्राका लागि नरगपालिका सरसफाइ तथा व्यवस्थापनमा जुटेको छ ।

भिक्षुलाई स्तूपको मुख्य गेटबाट फुल विछ्याएर स्वागतसमेत गरिने तयारी भइरहेको नगरप्रमुख यादवले बताए । यति धेरै सङ्ख्यामा भिक्षु आउनु भनेको नगरवासी तथा पालिकाका लागि गौरवको विषय भएको भन्दै उनले सबै सङ्घ–संस्था र स्थानीयलाई स्वागत तथा व्यवस्थापन जुट्न आग्रह गरे । 

कार्यक्रमका लागि नगरपालिकाले बैठक बसेर जिम्मेवारीसमेत तोकेको जनाएको छ । स्तूपलाई बत्तीबाट सजावट गरिनेछ । भिक्षुहरुको पूजा सकेपछि लुम्बिनी फर्किने छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै