• २०८१ बैशाख १७ सोमबार

'कांग्रेस-एमाले मिल्ने भए मिल्नुस्, माओवादी डराउदैन'

kharibot

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस-एमाले मिल्न सके मिलेर जानसक्ने बताएका छन् । 

प्रतिनिधिसभामा विश्वासको मत लिने प्रस्तावमाथि बोल्दै प्रधानमन्त्री प्रचण्डले ठुला दल मिलेमा के गर्नुहुन्छ भनेर चेतावनी दिइएको उल्लेख गर्दै एजेन्डा मिलेमा कांग्रेस-एमाले मिलेमा माओवादी नडराउने र प्रतिपक्षमा बस्न तयार भएको बताए ।

उनले भने- ‘ठूला दलहरू हामी मिल्यौं भने तेरो हालत के हुन्छ ? यसो भनेर पहिला पनि भनियो। आज पनि भनियो। मेरो कामना छ तपाईंहरू मिल्नुस् । सबै मिल्नुस् । तपाईंहरू सबै मिल्नुभयो भने माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा, संविधान रक्षा र राष्ट्रियताका पक्षमा लडिरहन्छ । तपाईंहरूलाई लागेको छ प्रचण्ड डराउँछ त्यसो भनेर ? डराउँछ माओवादी केन्द्र भन्ने ठान्नु भएको छ ? त्यस्तो हुँदैन । सक्नुहुन्छ मिल्नुस् । तर को राजनीतिक दल कतिबेला कोसँग मिल्छ भन्ने कुरा हरेक राजनीतिक दल स्वतन्त्र छन्, आफ्नो हिसाबकिताब राख्न । राजनीतिक रूपले आफूलाई हित हुन्छ भन्ने लाग्यो भने मिल्ने हो ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै