• २०८१ बैशाख १७ सोमबार

संविधानको रक्षाका लागि जे गर्न पनि तयार छुः प्रधानमन्त्री

kharibot

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले सरकार सञ्चालनका क्रममा असहजता महसुस गरेपछि गठबन्धन परिर्वतन गर्नु परेको बताएका छन् ।

प्रतिनिधिसभाको आजका बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेपछि उक्त प्रस्तावमाथि छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै सरकार सञ्चालनलाई प्रभावकारी बनाउन गठबन्धन परिर्वतन गर्नुपरेको स्पष्ट पारे ।

संसद्मा विश्वासको मतमाथि पक्ष–विपक्षमा भएका छलफलले सदनलाई थप जीवन्त बनाएको उल्लेख गर्दै यसले लोकतान्त्रिक व्यवस्थालाई योगदान पुराउने धारणा व्यक्त गरे ।

“विश्वासको मत दिनुहुन्छ भने दिनुहोस्, नेपाली जनताले देख्ने गरी काम गर्नेछौँ,” प्रधानमन्त्री दाहालले भने, “संविधान र लोकतन्त्र रक्षा हुने गरी काम गर्छौ, त्यसका लागि म दायाँ वा बायाँ जता जानुपरे पनि तयार छु ।”
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय