• २०८१ बैशाख १७ सोमबार

नवनियुक्त तीन प्रदेश प्रमुखले लिए शपथ

kharibot

काठमाडौँ । नवनियुक्त तीन प्रदेशका प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बुधबार शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त प्रदेश प्रमुखहरूले आ-आफ्नो प्रदेशको प्रदेश प्रमुख पदको पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

तिनै प्रदेश प्रमुखहरुलाई सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आजै नियक्त गरेका थिए ।

नव नियुक्त प्रदेश प्रमुखमा मधेश प्रदेशमा झापाकी सुमित्रा सुवेदी भण्डारी, गण्डकी प्रदेशमा कैलालीका डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशमा अर्घाखाँचीका नजिर मियाँ रहेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय