• २०८१ बैशाख १७ सोमबार

भारत सरकारद्वारा अश्लील सामग्री प्रसारण गर्ने १८ ओटीटी प्लेटफर्ममाथि प्रतिबन्ध

kharibot

काठमाडौँ । भारतको केन्द्र सरकारले बिहीबार अश्लील सामग्री प्रसारण गर्ने १८ ओटीटी प्लेटफर्महरूमा प्रतिबन्ध लगाएको छ । यससँगै १९ वेबसाइट, १० एप र ५७ सामाजिक सञ्जाल ह्याण्डलहरू पनि ब्लक गरिएका छन् ।

यी एप्स, ओटीटी प्लेटफर्म र सोसल मिडिया प्लेटफर्महरूले मनोरञ्जनको नाममा अश्लील र आपत्तिजनक भिडियोहरू प्रस्तुत गर्दै आएका थिए । यसअघि, यी ओटीटी एपहरूलाई धेरै पटक चेतावनी दिइएको र तिनीहरूको सामग्रीमा कुनै सुधार नपाएपछि प्रतिबन्ध लगाइएको केन्द्रीय सूचना तथा प्रसारण मन्त्रालयले जानकरी दिएको छ ।

प्रतिबन्ध लगाइएका ओटीटी प्लेटफर्ममा ड्रिम्स फिल्म्स, रेबिट, वुवी, एक्स्ट्रामूड, येस्स्मा, न्यूफ्लिक्स, अनकट अड्डा, मुडएक्स, ट्राइ फ्लिक्स, माजफ्लिक्स, एक्स प्राइम, हटशट्स  भिआइपी, निओन एक्स भिआइपी, फ्यूजी, बेशर्म, हट्स, प्राइमप्ले लगायत रहेका छन् ।      सरकारका अनुसार उनीहरुको सामग्रीमा अश्लीलता रहेको थियो । धेरै ठाउँमा महिलालाई अपमानजनक रुपमा देखाइएको छ । 

सरकारले १८ ओटीटी एपमध्ये एउटा एपले १ करोडभन्दा बढी डाउनलोड प्राप्त गरेको बताएको छ । गुगल प्ले स्टोरमा दुई अन्य एपले ५० लाखभन्दा बढी डाउनलोड प्राप्त गरिसकेका छन् । यस बाहेक, यी ओटीटी प्लेटफर्महरूले दर्शकहरूलाई उनीहरूको वेबसाइट र एपहरूमा आकर्षित गर्न व्यापक रूपमा सोशल मिडिया प्रयोग गर्थे । यी सोशल मिडिया खाताहरूमा कुल ३२ लाखभन्दा बढी प्रयोगकर्ताहरू छन्।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै