• २०८१ बैशाख १५ शनिबार

आइसल्याण्डमा ४ महिनामा चौथो ज्वालामुखी विष्फोट

kharibot

काठमाडौँ । आइसल्याण्डको रेक्जेनेसमा ज्वालामुखी विस्फोट भएको छ । पछिल्लो ४ महिनामा आइसल्याण्डमा भएको यो चौथो ज्वालामुखी विष्फोट हो ।

विस्फोट पछि, ज्वालामुखी लाभा ग्रिन्डाभिक शहर नजिक पुग्यो। अधिकारीहरूले ग्रिन्डाविक सहरलाई पहिले नै खाली गरिसकेका थिए । विज्ञहरूले यो विस्फोटलाई अहिलेसम्मकै सबैभन्दा खतरनाक ज्वालामुखी विस्फोट भनेका छन् । यस विस्फोटपछि आइसल्याण्डमा आपतकाल घोषणा गरिएको छ ।

यस अघि जनवरीमा आएको ज्वालामुखी पछि करिब ४०० परिवारलाई आ-आफ्नो घर फर्किने अनुमति दिइएको भएपनि धेरै जसो फर्किन मानेका थिएनन् । आइसल्याण्डमा ३३ सक्रिय ज्वालामुखी प्रणालीहरू छन् र जसलाई मिड-एट्लान्टिक रिज भनेर चिनिन्छ । आइसल्याण्ड दुईवटा ठूला टेक्टोनिक प्लेटहरू बीचको सीमानामा रहेको छ ।

पछिल्लो पटक रेक्जेन्स प्रायद्वीपमा ज्वालामुखी गतिविधिको अवधि ८०० वर्ष पहिले थियो र विष्फोट दशकौंसम्म चलेको थियो । यो २०२१ पछिको सातौं विष्फोट हो, र वैज्ञानिकहरूले विश्वास गर्छन् कि यो क्षेत्र नयाँ ज्वालामुखी युगमा प्रवेश गरिरहेको छ जुन दशकौं वा शताब्दीसम्म पनि रहन सक्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै