• २०८१ बैशाख १६ आइतबार

मनकामना केबलकार एक दिनका लागि बन्द हुने

kharibot

मुग्लिन (चितवन)।  यहाँस्थित मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ । 

नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले यही चैत ७ गते एक दिनका लागि सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । 

नियमित मर्मतसम्भारका लागि एक दिन बन्द हुने सेवा चैत ८ गते बिहीबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटारबाट १० मिनेटमा पुग्नेगरी विसं २०५५ मा उक्त केबलकार सेवा स्थापना भएको थियो । 

मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय