• २०८१ बैशाख १५ शनिबार

महरा पक्राउ परेपछि माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाइयो

kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाइएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान बस्ने गरि माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएका हुन् । 

बैठकमा नेताहरुको कार्यविभाजनसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने एजेन्डा रहेको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ परेपछि पदाधिकारी बैठक बस्न लागेको हो ।

महरामाथि विद्युतीय चुरोट (भेप)मा सुन तस्करी गरेको आरोप छ । महराका छोरा राहुलविरुद्ध पनि मुद्दा चलिरहेको छ । राहुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा समातिएको सुन छुटाउन दबाब दिएको आरोप लागेको छ ।

महरामात्रै नभइ पार्टी निकट अखिल क्रान्तिकारीका महासचिव दीपेश पुन पनि सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् । उनको नाम सुन तस्करी प्रकरणमा पनि जोडिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै