• २०८१ बैशाख १६ आइतबार

महराको विषयमा माओवादी बैठक अनिर्णित

kharibot

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेको विषयमा छलफल भएको छ । 

मंगलबार बिहान बसेको पदाधिकारी बैठकमा महराको विषयमा ठोस निर्णय हुन बाँकी रहेको बैठकपछि प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् । 

सोमबार सुन तस्करी प्रकरणमा पूर्वसभामुख समेत रहेका महरालाई अदालतले चार दिन हिरासतमा राख्ने अनुमति दिएको छ भने उनको स्वास्थ्यको कारणले हाल नर्भिक अस्पतालमा रहेका छन् ।

प्रवक्ता सापकोटाले माओवादीको बैठकपछि भने- 'उपाध्यक्ष महराको बारेमा धेरै राम्रोसँग छलफल भइरहेको छ । हरेक पाटाबारे गम्भीरतापूर्वक छलफल भइरहेको छ । बैठकले कुनै निष्कर्ष भने निकालेको छैन ।’

आज प्रधानमन्त्री प्रचण्ड संसदमा प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले विस्तृतमा छलफल हुन नपाएको भन्दै सापकोटाले अर्को बैठकले यसबारे निर्णय लिने बताए । बैठकमा महरालाई जिम्मेवारीविहीन बनाउने या कसरी जाने भन्नेबारे छलफल केन्द्रित रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै