• २०८१ बैशाख १८ मंगलबार

आइपिलमा आज दुई खेल हुदै, हार्दिकको सामना पुर्व क्लब गुजरातसँग

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग अन्तर्गत आज पनि दुई खेल हुदै छन् । आज पहिलो खेल ३: ४५ बजेदेखि राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टबीच हुदै छ भने साँझ ७: ४५ बजेदेखि गुजरात टाइटन्स र मुम्बई इण्डियन्सबीच हुदै छ ।

राजस्थान रोयल्स र लखनउ सुपर जाइन्ट

राजस्थान यस सिजनमा पनि सन्जु सामसनको कप्तानीमा खेल्दै छ । राजस्थान रोयल्स आइपिएलको पहिलो सिजनको विजेता हो भने २०२२ को उपविजेता टिम हो ।

राजस्थानमा कप्तान सामसनका अलावा आर आश्विन, युजवेन्द्र चहल, यशस्वी जैसवाल जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने छन् भने जोस बटलर, शिमरोन हेटमायर, ट्रेन्ट बोल्ट जस्ता विदेशी खेलाडीको भूमिका बढी हुने देखिन्छ ।

त्यसै गरि यसअघि दुई सिजन खेलेको लखनउ सुपर जाइन्ट दुवै सिजनमा प्लेअफसम्म पुगेको थियो । लखनउ केएल राहुलको कप्तानीमा यो सिजन खेलिरहेको छ । यस टिममा कप्तान राहुलसहितदिपक हुडडा, रवि विस्नोई, यश ठाकुर र देवदत्त पाडीकल जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने देखिन्छन् भने निकोलस पुरन, मार्क्स स्टोइनिस, क्वेंटन डिकक, काइल मेयर्स र नविन उल हक जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

गुजरात टाइटन्स र मुम्बई इण्डियन्स

साँझ ७: ४५ बजेदेखि शुरु हुने यस खेलमा प्रमुख आकर्षण हाल मुम्बईका कप्तान हार्दिक पाण्डेय हुने छन् । हार्दिकले गुजरात छोडेर मुम्बईको कप्तानी गर्दै पहिलो खेल खेल्दै छन् र आफ्नो मुम्बईमा कप्तानीमा पहिलो खेलनै गुजरातविरुद्ध खेल्दै छन् ।

मुम्बई इण्डियन्स धेरै जसो भारतीय खेलाडीमै भरपर्दै आएको छ । यस अघि पाँच पटक उपाधि जितेको मुम्बई २०१० मा उपविजेता बनेको थियो । पछिल्लो सिजनमा मुम्बई प्लेअफ खेलेर बाहिरिएको थियो ।

मुम्बई इण्डियन्समा कप्तान हार्दिक पाण्डेय, रोहित शर्मा, इशान किसन, जसप्रित बुमराह, तिलक बर्मा लगायतका भारतीय खेलाडीको भूमिका प्रमुख हुने देखिन्छ । मुम्बईका सुर्य कुमार यादव इन्जुरीका कारण यस खेलमा खेल्ने बारे अन्योलता रहेको छ । त्यस्तै मुम्बईमा मोहमद नावी, टिम डेविड र डेवाल्ड ब्रेभिस जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

अर्कोतर्फ हार्दिक पाण्डेयले गुजरात छोडेपछि शुभमन गिल कप्तान बनेका छन् । गिलको कप्तानीमा यो पहिलो खेल हुने छन् । गुजरातले टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेर बलियो टिमको उदाहरण दिएको छ । यस टिममा गिलसहित रिद्धिमान शाह, राहुल तेवातिया, उमेश यादव, अभिनव मनोहर जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने डेविड मिलर रशिद खान, नूर अहमद, केन विलियम्सन जस्ता विदेशी खेलाडीको भूमिका ठुलो हुने देखिएको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै