• २०८१ बैशाख १७ सोमबार

आइपिएलमा आज रोयल च्यालेन्जर्स र पञ्जावको भिडन्त

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक मात्र खेल हुदै छ । आज रोयल च्यालेन्जर्स बैंगलुरु र पञ्जाव किंग्सबीच खेल हुदै छ ।

यो खेल बैंगलुरुस्थित चिन्नास्वामी स्टेडियममा नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुने छ ।

यस सिजनमा रोयल च्यालेन्जर्स बैंगलुरुले आफ्नो पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग हार बेहोरेर सिजनको शुरुवात गरेको हो । त्यस्तै पञ्जाव किंग्सले भने आफ्नो पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै सिजनको सुखद शुरुवात गरेको छ ।

पञ्जाव किंग्सको कप्तानी शिखर धवनले गरिरहेका छन् । पछिल्लो बर्षमा शिखर सक्रिय क्रिकेटबाट बाहिर रहेका छन् । उनी राष्ट्रिय टिमबाट बाहिर छन् भने घरेलु क्रिकेट समेत खेलेका छैनन् । ३८ बर्षिय धवन पछिल्लो आइपिएलदेखि कुनै क्रिकेट नखेलेकाले उनका लागि यो आइपिएल महत्वपूर्ण हुनसक्ने देखिन्छ । आइपिएलको प्रदर्शनले उनले राष्ट्रिय टिममा पुनरागमनको प्रयास गर्ने छन् । त्यस्तै पञ्जावका भारतका जितेश शर्मा, प्रभसिमरन सिंह, अर्शदीप सिंह, हर्षल पटेल जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने जोनी बैरस्ट्रव, कागीसो रावडा, लियम लिभिङस्टोन, साम कुरान जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

आइपिएलमा पञ्जाव किंग्स २०१४ मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । गत सिजनमा पञ्जाव आठौ भएको थियो । 

त्यस्तै फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैंगलुरुका लागि विराट कोहलीसहित मोहमद सिराज, अनुज रावत, दिनेश कार्तिक जस्ता भारतीय खेलाडी महत्वपूर्ण हुने छन् भने कप्तान फाफसहित ग्लेन म्याक्सवेल, क्यामरुन ग्रीन, अल्जारी जोसेपजस्ता विदेशी खेलाडी यस सिजनमा महत्वपूर्ण खेलाडी हुने छन् ।

त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले अभ्ने अहिलेसम्म आइपिएलको उपाधि जित्न सकेको छैन । गत सिजनमा बैंगलुरु छैटौं स्थानमा रहेको थियो ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै