• २०८१ बैशाख १८ मंगलबार

के गर्छिन् अमिताभ बच्चनकी नातिनी नव्या ?

kharibot

काठमाडौँ । बलिवुडका महानायक अमिताभ बच्चनकी नातिनी नव्या नवेली नन्दा फिल्मी क्षेत्रमा नभएपनि उनको चर्चा सधै हुने गर्छ । नव्याले आफ्नो बुवाको व्यवसायमा बढी चासो रहेको बताउदै अहिले आफ्नो सम्पूर्ण ध्यान त्यसमै केन्द्रीत गरिरहेकी छन् । यस बाहेक नवयाले महिला सशक्तीकरणका लागि काम गरिरहेकी छन् ।

नव्याले आफ्नो परिवारको एस्कर्ट र ट्र्याक्टर व्यापारदेखि महिला सशक्तिकरण सम्बन्धि कामका साथै पारिवारिक पोडकाष्ट पनि चलाउदै आएकी छन् ।

उनले हालै दिएको एक अन्तर्वार्तामा भनेकी छन्- 'म दिल्लीको व्यापारी परिवारबाट हुँ। बुबासहित चार पुस्ताले पारिवारिक व्यवसाय सम्हाल्दै आएका छन् । म सधैं व्यापारिक वातावरणमा हुर्केको छु। बुबा घरमा आउँदा सेयर र ब्यापारको कुरा गर्नु हुन्थ्यो । मलाई यसमा धेरै चासो थियो। मेरो कम्पनीले एस्कर्ट र ट्र्याक्टर उत्पादन गर्छ ।' उनले अगाडी भनेकी छन्- 'मलाई सानैदेखि ट्र्याक्टरमा धेरै रुचि थियो । आज पनि सामाजिक सञ्जाल मार्फत महिला सशक्तिकरणका लागि काम गरिरहेको छु र गरिरहनेछु । मलाई फिल्म र तिनको निर्माणमा कहिल्यै रुचि थिएन ।'

उनले आफ्नो भाईलाई सानै देखि फिल्मको रुची भएपनि आफ्नो कहिल्लै फिल्ममा रुची नभएको बताएकी छन् । उनले भनेकी छन्- 'भाइलाई सानैदेखि अभिनेता बन्ने रहर थियो । उनले फिल्ममा मौका पाएकोमा हामी निकै खुसी छौं । भगवानले उनलाई अझै अगाडि बढ्न मद्दत गरून् । विगत चार वर्षदेखि व्यवसाय हेर्दै आएको छु । मेरो आफ्नै एनजीओ प्रोजेक्ट नाभेली छ । उसको विकासको लागि दिनहुँ काम गरिरहेको छु । सबैलाई थाहा छ मलाई फिल्ममा रुचि छैन, सायद त्यही भएर अफर आउँदैन ।'

उनले आफ्नो एनजीओको शुरुवातको बारेमा भनेकी छन्- 'मैले चार वर्षअघि कोभिडको समयमा परियोजना नभेली सुरु गरेको थिएँ। यस अन्तर्गत सबैभन्दा पहिले हामीले महिनावारीका बेला महिलाले भोग्ने समस्याका बारेमा काम गरेका छौं । त्यतिबेला उनीहरुको सरसफाइ कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल भएको थियो । अहिले हामी शिक्षा, कानुनी चेतना र उद्यमशीलताको पनि कुरा गरिरहेका छौं। हामी महिलाहरूलाई नि:शुल्क कानुनी परामर्श दिन्छौं। यदि तिनीहरू घरबाटै व्यापार गर्न चाहन्छन् भने हामी तिनीहरूलाई स्रोतहरू उपलब्ध गराउँछौं ।'

यसका साथै उनले शिक्षामा आधारित 'निमाया' परियोजना समेत संचालन गरिरहेकी छन् ।

साथै उनले आफ्नी आमा श्वेता नन्दा बच्चन र हजुरआमा जया बच्चनको साथमा पोडकाष्ट समेत संचालन गरिरहेकी छन् । यसमा जीवनशैली, नयाँ पुस्ता र समाजका विविध पक्षमा छलफल गर्ने गर्दछिन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै