• २०८१ बैशाख १७ सोमबार

कर्णालीमा एमालेका यमलाल कडेँलले मुख्यमन्त्रीमा दाबी पेश गर्दै

kharibot

सुर्खेत । कर्णाली प्रदेशमा आज नयाँ सरकारको दाबि पेश हुदै छ । कर्णाली प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दिएको म्याद आज सकिदैछ ।

नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले गत  चैत २१ गते राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आव्हान गरेका थिए । 

प्रदेश प्रमुख तिलक परियारले दुई वा दुईभन्दा बढी दलको समर्थनमा चैत २७ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज साँझ ५: ५० बजेभित्र समय दिएका छन् ।

सो अनुसार नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेललाई मुख्यमन्त्री दावी गर्दैछन् । ४० सदस्यीय कर्णाली प्रदेश सभामा नयाँ सरकार गठनका लागि २१ जना प्रदेश सभा सदस्यको समर्थन आवाश्यक पर्दछ । 

जसका लागि नेकपा माओवादी केन्द्रको १३, एमालेका १० र एकीकृत समाजवादीको १ सहित २४ सिटको स्पस्ट बहुमत रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै